जब मन खोलेर म तिमीलाई केही भन्छु
जब मन खोलेर म तिमिलाई केही भन्छु
झर्को नमानी सुनिदिनु
पिर नगर साथी जिन्दगी यस्तै हो
म छु नि भनिदिनु।
जब दिल खोलेर म-२
तिमिलाई मेरो आँशु देखाउछु
मेरो हात समाउदै न रो छोड्दे
जीवन यस्तै हो
म छु नि भनिदिनु।
भिडै भिड माझमा-२
नि जब एकोहोरिन्छ यो मन
मर्नु कि बाच्नु अलमल्लमा
अतालिन्छ यो मन
यो भिडमा निकालेर
हरेक मानिस चिनाइदिनु
एक्लै त छैनस के
बस् म छु नि भनिदिनु।
डाक्टरले भनिदेला डिप्रेशनमा हो
आफन्तले भनिदेला भिज्न नसकेकि यो
आँशु नि सायत कतै अध्यारोमा हराउला
तर विना कारणको हाँसो दिएर
जीवन यस्तै हो यार
म छु नि भनिदिनु।
الفئة
عرض المزيد
تعليقات - 8
مقاطع الفيديو ذات الصلة على | | म छु नि | | नेपाली कविता | | Nepali Poem Ma chhu ni | | World Mental Health Day | | :