المدة الزمنية 2:23

Devchuli Waterfalls | | देवचुली झरना | | Waterfall in Nawalpur Nepal | | रमाइलो झरना | | Waterfalls

بواسطة VIEW NEPAL TV
359 مشاهدة
0
22
تم نشره في 2020/09/07

#ViewNepalTv#DevchuliWaterFalls#News# नवलपुर जिल्लाको देवचुली नगरपालिका –५ स्थित ‘देवचुली झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौ न्दर्यका साथै झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दिनहुँ जसो बढदै गएको छ । वर्षौंदेखि ओझेलमा परेको झरना हाल मात्रै चर्चामा आएको हो ।नारायणघाट बुटवल सडक खण्ड शाश्वत धाम नजिकै केउरानी चोकबाट करीब ५ कि मि उत्तर लागेपछी उक्त झरनामा पुग्न सकिन्छ । उक्त झरनामा पुगेपछी त्यहाँको हरियाली रमणीय वातावरण,कलकल पानीको आवाज,चिसो हावा र चराहरुको चिरबिर आवाजले मन नै प्रफुल्ल हुने र गर्मीको समयमा करीब ४० मिटर अग्लो चट्टानबाट अनवरत झरिरहेको पानीले शरीर भिजाउदा निकै नौलो र आनन्द महसुस हुने झरनामा पुगेका स्थानीयले बताए । हाल लकडाउनको समयमा विद्यार्थी देखी युवायुवतिको निकै मनमोहक आकर्षणको केन्द्र बिन्दु बनेको झरनामा पुग्न कदमपुरको बाटो हुँदै मृर्तुङ्गबाट १५ मिनेट जंगलको उकालो गोरेटो बाटो हुँदै जान सकिन्छ । सो झरनामा दैनिक ५० देखी १०० जनाभन्दा बढी पुग्ने गरेका छन । देवचुली वडा न ५,७,८,९,१२ बाट दिनहुँ झरनामा नुहाउन तथा अवलोकन गर्न आउने गरेका छ्न । अमर सामुदायिक वनमा अवस्थित सो झरनामा पुग्नका लागी राम्रो र उचित बाटो बनाउन सके निकै राम्रो पर्यटकिय गन्तव्य हुने झरनामा नुहाउन पुगेका प्रकाश श्रेष्ठले बताए झरना छ भन्ने कुरा पहिले नै थाहा भएपनि यसलाई उचित व्यवस्थापनसहित प्रचारप्रसार गर्ने सोच भईरहेको साथै आन्तरिक पर्याटकलाई झरनासम्म पुग्न उचित र सहज बाटो बनाउन सम्बन्धित निकायमा पहल गर्ने देवचुली ५ का वडा अध्यक्ष शिवलाल सापकोटाले बताए । सापकोटाका अनुसार आन्तरिक स्रोत र साधनको उचित सदुपयोग गर्दै आन्तरिक पर्यटक भित्रिने वातावरण निर्माण गरी झरनालाई पर्यटकीय गन्तव्य स्थल बनाउने वडा कार्यालयको योजना रहेकोछ । देवचुली ५ मा पर्यटन क्षेत्रको विकासका लागि निरन्तर पहल गरीरहेको सापकोटाले बताए ।

الفئة

عرض المزيد

تعليقات - 14